राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसीलाई मञ्चले सम्मान गर्ने
पाेखरा | चैत ५, २०७९
पोखरा: नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसीलाई सम्मान गर्ने भएको छ ।
आइतबार बसेको मञ्चको सचिवालय बैठकले करनलाई नगदसहित सम्मान गर्ने भएको हो । सो बारे जानकारी दिंदै मञ्चका महासचिव कृष्ण तिमिल्सिनाले नेपालमा हालै सम्पन्न लिग टु क्रिकेट प्रतियोगितामा बिजयी बनाउन महत्वपूर्ण भूमिका खेल्ने नेपाली राष्ट्रिय टिमका सदस्य करणलाई नगद २० हजारसहित दोसल्ला र प्रमाणपत्रले सम्मान गर्ने बताए ।
महासचिव तिमिल्सिनाले भने-“लामो समय देखि गण्डकी प्रदेशका खेलाडी समेत रहेका करणले राष्ट्रिय टिमको सदस्यको रुपमा नेपालको झण्डालाई उचाईमा पु¥याउन र राष्ट्रिय गौरव बढाउन जुन भूमिका खेलेका छन् त्यो महत्वपूर्ण छ भने खेलाडीको रुपमा करनको भूमिका समेत उत्तिकै स¥हानिय छ ।” मञ्चले उनको खेलायात्रालाई अझै मनोबल बढाउन सम्मान गर्न लागेको उनको भनाई थियो ।
मञ्चले आफ्नै सचिवालय गैह्रापाटनमा विहान ८ बजे सम्मानको कार्यक्रम तय गरेको उनले जानकारी दिए ।
मञ्चका प्रथम उपाध्यक्ष दिल बहादुर गुरुङको अध्यक्षतामा भएको बैठकले अप्रिल ६ पिस एण्ड स्पोर्टस डेको अवसरमा खेलकुद पत्रकारहरु संग मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ भने मञ्चले २०८० सालको क्यालेण्डर समेत प्रकाशित गर्ने निर्णय गरेको मञ्चले जनाएको छ ।
पोखरा: प्रतिभा सुपर लिग क्रिकेटमा सेमीफाइनल समीकरण पूरा भएको छ । लिगको अन्तिम खेलमा शुक्रबार गुरुकुल विद्या सदनलाई पराजित गर्दै मदरल्याण्ड सेमीफाइनलमा प्रवेश गरेसँगै प्रतिभा सुपर लिग...
चर्चित अभिनेता सुनिल थापाको निधन भएको छ। उनको शनिबार बिहान काठमाडौं थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो। अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थ...
पोखरा: बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ । पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए सा...

